काम नगर्ने ठेकेदारलाई खबरदारी, काम गर्नेलाई प्रोत्साहन गर्छौ : उपसभापति वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काम नगर्ने ठेकेदारलाई खबरदारी, काम गर्नेलाई प्रोत्साहन गर्छौ : उपसभापति वाग्ले

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८०, शनिबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले काम नगर्ने ठेकेदारलाई खबरदारीका साथै दण्डित गर्नुपर्ने बताएका छन् । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधीन पुलमा शनिबार आयोजित ध्यानाकर्षण सभामा बोल्दै वाग्लेले विकास निर्माणमा ढिलाई गर्ने व्यवसायीलाई कारवाही गरिने बताए ।

    उनले भने, ‘काम गर्नेलाई प्रोत्साहन गर्छौ । काम नगर्नेको ठेक्का तोडेर अगाडी बढ्छौ ।’ तनहुँ-१ का प्रतिनिधिसभा सदस्य वाग्लेले देशभरका विकासे योजनामा ढिलाई भएकाले त्यस्ता योजनाहरुमा पार्टीले खबरदारी गरिने उल्लेख गरे ।

    यसअगाडी चितवन बुटबल खण्डमा पैदलयात्रा मार्फत् दबाब दिइएको भन्दै उनले देशभरका २१ वटा आयोजनामा पनि पैदलयात्रा मार्फत् कामका लागि दबाब दिइने उनको भनाई थियो ।