तउवासंघ अधिवेशन : अध्यक्षमा इमकुमारको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासंघ अधिवेशन : अध्यक्षमा इमकुमारको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०८०, शनिबार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा इमकुमार मल्लको उम्मेदवारी दर्ता भएको छ । संघको अधिवेशन अन्तर्गत शनिबार मनोनयन दर्ता रहेकामा मल्लले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    मल्ल हालका प्रथम उपाध्यक्ष हुन् । प्रथम उपाध्यक्षमा कुमार मल्ल, द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा भीमलाल श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए ।

    प्रथम उपाध्यक्षका उम्मेदवार मल्ल हालका द्वितीय उपाध्यक्ष र द्वितीय उपाध्यक्षका उम्मेदवार श्रेष्ठ हालका कोषाध्यक्ष हुन् । कोषाध्यक्षका उम्मेदवार श्रेष्ठ थर्पु बजार इकाईका पूर्व अध्यक्ष हुन् ।

    बिहान ११ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।