दमौली । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँमा अनावश्यक हल्ला फैलाइएको बताएका छन् । तनहुँमा गोरु बेचेको साइनो छैन भन्यो भनेर अनावश्यक हल्ला फैलाइएको उनले बताए ।
‘दमौलीमा ठूलो अफवाह फैलिएको रहेछ, मैले तनहुँका एकजना प्रतिष्ठित प्राध्यापकको पुस्तक विमोचनमा ४० मिनेट बोलेको भाषणको भिडिओ क्लिप काटेर तनहुँको अपमान गर्यो भनेर दमौलीमा अहिले रमिता छ,’ उनले भने, ‘दमौली पुगेर यो अफवाह चिर्दैछु ।’
ठूलो मतान्तरले जिताएको तनहुँवासीप्रति आफ्नो असीम सम्मान रहेको उनको भनाई छ । ‘तनहुँका प्रतिष्ठित प्राध्यापकले बोलाउनुभएको कार्यक्रममा गएर डेढ सय तनहुँवासी उपस्थित कार्यक्रममा मैले तनहुँको अपमान हुने गरी बोलुँला त,’ उनले प्रश्न गरेका छन् ।