प्रथम उपाध्यक्षको म स्वभाविक दावेदार हूँ : मल्ल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रथम उपाध्यक्षको म स्वभाविक दावेदार हूँ : मल्ल

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८०, आईतवार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघको महाधिवेशनमा प्रथम उपाध्यक्षका उम्मेदवार कुमार मल्लले आफू स्वभाविक दावेदार भएको बताएका छन् । द्वितीय उपाध्यक्षको जिम्मेवारी पूरा गरेका मल्लले आफूले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएकाले स्वभाविक उम्मेदवारी भएको बताएका हुन् ।

    ‘संघमा म निरन्तर र द्वितीय उपाध्यक्ष भइसकेकाले प्रथम उपाध्यक्षमा मेरो उम्मेदवारी स्वभाविक हो । द्वितीय उपाध्यक्ष भएर व्यवसायीको हकहितमा काम गरेकाले सबैको सहयोग रहनेमा आशावादी छु ।’ उनले भने ।

    व्यावसायिक हकहितका लागि आवाज उठाउने र व्यवसायीबीच एकताको भावना विकास गराउन आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।

    विभिन्न सामाजिक संघसंस्थामा रहेर कुशलतापूर्वक जिम्मेवारी निभाएका मल्लले २०७८ सालमा फोकस नेपालद्वारा प्रदान गरिने व्यावसायिक तर्फको राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन् ।