दमौली । व्यास नगरपालिका- ३ देउराली नगरमा शुक्रबारदेखि सुरु प्रथम नमस्ते देउराली कप खुल्ला साबिक वडा तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिताको आइतबार प्रथम चरणका खेल सम्पन्न भएका छन् ।
आइतबार सम्पन्न सात खेलमा धनबास युवा क्लब, सिद्ध बाबा युवा क्लब, घिरिङ किरिया, रिसिङ युवा कल्याण, हिमचुली देवघाट, ठकुरी दर्शन युवा क्लब म्याग्दे विजयी भएका छन् ।
सोमबारदेखि दोस्रो चरणको खेल सुरु हुने खेल संयोजक आनन्द आलेले जानकारी दिए।
कुल ३५ टिम सहभागी प्रतियोगिताको हालसम्म १८ खेल सम्पन्न भएका छन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयले क्रमश: ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खेल गतिविधि मार्फत पनि व्यासभूमिको प्रबर्द्धन गर्न प्रतिमा निर्माण स्थलमा प्रतियोगिता आयोजना गरिएको क्लबका वरिष्ठ सल्लाहकार रविन पौडेलले बताए ।