अनन्तश्री ब्रह्माण्डीय महायज्ञको कलशयात्रा व्यासभूमिमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनन्तश्री ब्रह्माण्डीय महायज्ञको कलशयात्रा व्यासभूमिमा

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८०, बुधबार

    दमाैली । बागलुङको पञ्चकोटमा फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको प्रचारप्रसारका लागि हिँडेको कलशयात्रा व्यासभूमि दमौली आइपुगेको छ । सर्वसिद्धिधाम पञ्चकोटमा हुने महायज्ञमा राखिने स्वर्णमय धान्य श्रीस्तम्भ (मौलो) र महायज्ञको सङ्कल्पका लागि जल सङ्कलन गर्ने उद्धेश्यसहित कलशयात्रा मङ्गलबार व्यासभूमि दमौली आइपुगेको हो ।

    दमौली आइपुगेको कलशयात्रालाई व्यास क्षेत्र विकास कोष, ब्राम्हण समाज नेपाल तनहुँ लगायतले स्वागत गरेको छ । व्यासका अध्येता काशीनाथ न्यौपाने, व्यासगुफाका संरक्षक दामोदर बाबा, ब्राम्हण समाजका पूर्व अध्यक्ष उपेन्द्र लम्साल लगायत भक्तजनको टोलीले कलशयात्रालाई स्वागत गरी व्यासगुफा पुर्याएकाे थियाे ।

    महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार माघ ७ गतेबाट सुरु गरिएको कलशयात्रा विभिन्न तीर्थस्थलमा पुगी जल सङ्कलन गरी पुनः महायज्ञस्थलमा फर्कनेछ ।

    धार्मिकरुपमा पवित्र मुक्तिक्षेत्र, शालग्रामवाहिनी कालीगण्डकी किनारमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयानाचार्यको सङ्कल्पमा महायज्ञ हुँदैछ ।

    ऐतिहासिक श्रीमहायज्ञमा २५ फिट अग्लो मौलोमा २१ हजार पाँच सय ५५ जना व्यक्तिबाट धान समर्पण गरिने जनाइएको छ । महायज्ञमा राष्ट्रसमुन्नतिका लागि विभिन्न विधाका राष्ट्रिय सम्मेलन, सयौं विद्वान गुरुहरुबाट समस्त सनातन वैदिक धर्मग्रन्थहरुको पाठपारायण, सवा लाख श्रीफल (नरिवल) बाट श्रीपञ्चमहालक्ष्मीको प्रसन्नताका लागि होम र सवा पाँच करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।