तनहुँ उद्याेग वाणिज्य सङ्घमा पदस्थापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्याेग वाणिज्य सङ्घमा पदस्थापन

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८०, शनिबार

    दमाैली । तनहुँ उद्याेग वाणिज्य सङ्घकाे सत्राै अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई शनिबार पदस्थापन गराइएकाे छ । सङ्घकाे कार्यालयमा आयाेजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रलाई निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शपथग्रहण गराएका हुन्।

    त्यस्तै मिश्रले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराएका थिए । साेही अवसरमा निवर्तमान अध्यक्ष श्रेष्ठले नवनिर्वाचित अध्यक्ष मिश्रलाई माइन्युट हस्तान्तरण गरेका छन् ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रले संस्थाको गरिमालाई अझ उचो बनाउने प्रतिबद्धता जनाए।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने बताए । उनले भने “सधैं निराशाका कुरा गरेर मात्र हुँदैन । मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ ।” डा. वाग्लेले राजनीतिलाई सङ्ल्याउदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।

    रास्वपाले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै डा. वाग्लेले रास्वपा अब सदन र सडक दुवैमा क्रियाशील हुने उल्लेख गरे ।

    जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा लगानीका वातावरण भित्र्याउनेतर्फ लाग्नुपर्ने बताए। म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राष्ट्रियताको भावना विकास भएमात्रै मुलुक बन्न सक्ने बताए ।