संस्थागत स्वमूल्याङ्कनमा ऑबुखैरेनीको उल्लेख्य प्रगति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    संस्थागत स्वमूल्याङ्कनमा ऑबुखैरेनीको उल्लेख्य प्रगति

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८०, शनिबार

    दमौली । संस्थागत क्षमता स्वमूल्याङ्कनमा तनहुँको आँबुखैरेनी गाउँपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ७३.५ अङ्क प्राप्त गरेको गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ९३.२५ अङ्क प्राप्त गरेको हो ।

    स्थानीय तह क्षमता विकास स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार गाउँपालिकाले कूल एक सय अङ्कमा ९३.२५ अङ्क प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा स्थानीय तहको स्वमूल्याङ्कन गर्ने गर्दछ ।

    गाउँपालिकाको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह लगायतका सूचकलाई आधार मानेर गाउँपालिकाको स्वमूल्याङ्कन गरिएको उनले बताए।