तनहुँका तीन निर्माण व्यवसायी कालोसूचीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका तीन निर्माण व्यवसायी कालोसूचीमा

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०८०, सोमबार

    दमौली । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका तनहुँका तीन निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ ।

    सडक डिभिजन कार्यालय दमौलीको सिफारिसमा तनहुँका तीन निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको हो ।

    कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    सडक डिभिजन दमौलीको सिफारिसमा सुरेन्द्रराज रिजाल मुख्य व्यक्ति भएको देवी रमण कन्स्ट्रक्सन कम्पनीलाई साढे २ वर्ष कालोसूचीमा राखिएको छ ।

    सडक डिभिजन दमौलीकै सिफारिसमा खड्गदेवी कन्स्ट्रक्स बन्दीपुरलाई दुई वर्ष कालोसूचीमा राखिएको छ । यसको मुख्य व्यक्ति डिलबहादुर गुरुङ छन् ।

    यस्तै मनोज खनाल मुख्यव्यक्ति भएको आयुष एण्ड अनुस कन्स्ट्रक्सनलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।