कांग्रेस कार्यकर्तामा निराशा छ, उर्जा दिएर जागरुक बनाउनुपर्छ : युवा नेता थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस कार्यकर्तामा निराशा छ, उर्जा दिएर जागरुक बनाउनुपर्छ : युवा नेता थापा

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०८०, बिहीबार

    दमौली । नेपाली कांग्रेसका युवा नेता चाम थापाले कांग्रेस कार्यकर्तामा निराशा छाएकाले उर्जा दिएर जागरुक बनाउनुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत देवघाटमा आयोजित कार्यक्रममा नेता थापाले उक्त कुरा बताएका हुन् ।

    महाधिवेशन प्रतिनिधि समेत रहेका थापाले कार्यकर्तालाई संगठित भएर जुट्न आग्रह गरे । उनले अझैपनि काङ्ग्रेसका आम कार्यकर्तामा काङ्ग्रेस प्रतिको चिन्ता देखिएकोले त्यसलाई नेताहरुले मनन् गर्दै सङ्गठन निर्माणमा जोड दिनुपर्ने बताए ।