माछा मार्ने क्रममा करेन्ट लागेर शुक्लागण्डकीमा एककाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माछा मार्ने क्रममा करेन्ट लागेर शुक्लागण्डकीमा एककाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० माघ २०८०, शनिबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–६ ओख्ले निवासी २८ वर्षीय सन्तोष कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकी नगरपालिका–६ ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो ।

    करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले बिहान ३ बजे मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।