दुम्सीले जित्याे प्रथम राष्ट्रिय दरै कपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दुम्सीले जित्याे प्रथम राष्ट्रिय दरै कपको उपाधि

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०८०, शनिबार

    दमाैली । तनहुँको दमौलीमा सम्पन्न प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सी दरै इकाई व्यास–१० ले जितेको छ । नेपाल दरै समाज तनहुँले आयोजना गरेको दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा आयोजक दरै समाज तनहुँलाई हराउँदै दुम्सीले उपाधि जितेको हो ।

    निकै प्रतिस्पर्धात्मक खेलमा दुम्सी ट्राइबेकरमार्फत् विजयी भएको हो । दुम्सीले आयोजक दरै समाजलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । निर्धारित समयमा दुवै टिमका लागि गोल गर्ने अवसर भएपनि त्यसको सदुपयोग हुन सकेन ।

    यसअघि आजै भएको सेमिफाइनल खेलमा चितवनको मङ्गलपुरलाई हराउँदै दुम्सी दरै इकाई व्यास–१० फाइनलमा पुगेको थियो । उक्त खेलमा दुम्सी दरै इकाई २–० ले विजयी भएको थियो ।

    दोस्रो सेमिफाइनल खेलमा साँखर दरै इकाई व्यास–४ लाई हराउँदै आयोजक दरै समाज तनहुँ फाइनल पुगेको थियो । उक्त खेलमा दरै समाज १–० गोलले विजयी भएको थियो ।

    उपाधिसँगै दुम्सी दरै इकाईले रु एक लाख एक हजार एक सय ११ र ट्रफी प्राप्त गरेको छ । उपविजेता दरै समाज तनहुँ भने रु ५१ हजार एक सय ५१ नगद र ट्रफीमा चित्त बुझाउन बाध्य भयो ।

    दरै जातिका युवामात्र सहभागी उक्त प्रतियोगिता गत माघ १५ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा छ वटा जिल्लाका २३ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर, गोरखा, धादिङ र पाल्पाका दरै समुदायका खेलाडीको सहभागिता रहेको दरै समाज तनहुँका सचिव विजय दरैे जानकारी दिए। नेपालका १३ जिल्लामा दरै समुदायको बसोबास रहेकामा करिब २० हजार जनसङ्ख्या छ ।

    दरै जातिका युवामा खेलकुदप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ठाकुर दरैले जानकारी दिए।