व्यक्तिगत खर्चमा घलेद्वारा जीर्ण पाटी संरक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यक्तिगत खर्चमा घलेद्वारा जीर्ण पाटी संरक्षण

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०८०, सोमबार

    दमौली। तनहुँको व्यास नगरपालिका–३ देउराली नगरको सेतीमादी घाट नजिक रहेको संरक्षणविहिन पाटी आइतबहादुर घलेले व्यक्तिगत खर्चमा पुननिर्माण र जीर्णोद्वार गरेका छन् । व्यास नगरपालिका-४ निवासी उनले आफ्नै खर्चमा उक्त पाटीको संरक्षण गरेका हुन् ।

    दमौलीघाट जाने बाटोको छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा रहेको उक्त पाटी जीर्णोद्वारमा रु ८१ हजार ६ सय खर्च भएको घलेले बताए । राप्रपा व्यास नगरपालिकाका अध्यक्ष रहेका उनले वेवारिसे अवस्थामा रहेको पाटीलाई संरक्षण गर्नुपर्छ भनेर जीर्णोद्वार गरेको जानकारी दिए ।

    उक्त पाटी विसं २००७ मा निर्माण भएको थियो । संरक्षणको अभावमा जीर्ण हुँदै गएको उक्त पाटीको मर्मत सम्भार गरि हेर्न र बस्न लायक बनाएको घलेले बताए ।