मुग्लिन पोखरा सडक : दमौली बजारका घर भत्काउन नगरपालिकाको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडक : दमौली बजारका घर भत्काउन नगरपालिकाको आग्रह

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०८०, मंगलवार

    दमौली । मुग्लिन पोखरा सडक विस्तारका लागि व्यास नगरपालिकाले दमौली बजार क्षेत्रका घर भत्काउन आग्रह गरेको छ । यसअघि पनि पटक-पटक घर भत्काएर सहयोग गर्न आग्रह गरिएपनि प्रगति नदेखिएकाले नगरपालिकाले पुन: अनुरोध गरेको हो ।

    डुम्रे, छिर्कने लगायतका ठाउँमा घर भत्काएर कामले गति लिएपनि दमौली बजारमा भने काम हुन सकेको छैन । नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारमा सहयोग पुर्याउन आग्रह गरेको प्रवक्ता जीवन गुरुङले बताए ।

    जिल्लाका अन्य ठाउँमा सडक विस्तारको कामले गति लिएपनि दमौली बजार क्षेत्रमा संरचना नहटाउँदा काम हुन सकेको छैन ।