भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यु-१९ विश्वकप क्रिकेटको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यु-१९ विश्वकप क्रिकेटको उपाधि

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । आईसिसी यु-१९ विश्वकपको उपाधी अष्ट्रेलियाले जितेको छ । दक्षिण अफ्रिकाको बेनोनीमा आईतबार भएको फाइनल खेलाममा भारतमाथि ७९ रनको उत्कृष्ट जित निकाल्दै अष्ट्रेलियाले चौथो पटक उपाधि जितेको हो ।

    अष्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा समेटियो । भारतका लागि ओपनर आदर्श सिंहले ७७ बल खेल्दै ४ चौका र १ छक्का सहित सर्वाधिक ४७ रन बनाए । यस्तै मुरुगन अभिषेकले ४६ बल खेल्दै ४२ रनको योगदान गरे ।

    अष्ट्रेलियाका लागि माहली बियर्डम्यान र राफ म्याकमिलनले समान ३९३ विकेट लिए । यस्तै क्यालम भिल्डरले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन जोडेको थियो । अष्ट्रेलियाका लागि हर्जस सिंहले ६४ बल खेल्दै ३ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युग विबगेनले ६६ बल खेल्दै ५ चौकाको मद्दतमा ४८ रन जोडे । यस्तै ओलिभर पिकले ४३ बलमा ४६ रनको अविजित इनिङ खेले । ओपनर ह्यारी डिक्सनले ५६ बलमा ४२ रन बनाए ।

    भारतका लागि राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चिदै ३ विकेट लिएका थिए । यस्तै नमन तिवारीले दुई तथा सौमी पाण्डेले १,१ विकेट लिएका थिए । अष्ट्रेलियाले यसअघि १९८८, २००२ र २०१० मा उपाधि जितेको थियो ।