काठमाडौ । क्यानडासँगको तेस्रो एकदिवसीय खेलमा डेब्यू गरेका हेमन्त धामीले नेपालका लागि पहिलो विकेट लिएका छन्।
नेपालले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको थियो। एकदिवसीय खेलमा डेब्यू गरेका धामीले क्यानडाका प्रारम्भिक ब्याटर आरोन जोनसनको विकेट लिएका हुन्।
क्यानडाले २.४ ओभरमै पहिलो विकेट गुमाएको हो। जोनसन १० बलमा चार रन बनाएर आउट भए।
नेपालको तर्फबाट एकदिवसीय क्रिकेट खेल्ने धामी ४१औं खेलाडी बनेका छन्। उनले पहिलो खेलमै उत्कृष्ट शुरूआत गरेका छन्।
तीन खेलको एकदिवसीय शृङ्खला नेपालले जितिसकेको छ। तेस्रो खेलमा नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित अनिल साह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल र ललितनारायण राजवंशी छन्।
क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोहि, पर्गत सिंह र उदय भगवान सिंह छन्।