नेकपा एसका पोलिटव्युरो सदस्य पिएल र केन्द्रीय सदस्य शंकरनारायण एमालेमा फर्किए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा एसका पोलिटव्युरो सदस्य पिएल र केन्द्रीय सदस्य शंकरनारायण एमालेमा फर्किए

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०८०, मंगलवार

    दमौली । नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् । श्रेष्ठद्वयलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्माले स्वागत गरेका छन् ।

    सो क्रममा अध्यक्ष ओलीले पार्टीमा कसैलाई भेदभाव नगरिने उल्लेख गर्दै उचित जिम्मेवारी प्रदान गरिने बताए ।

    एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादी गठन हुँदा प्रतापलाल र शंकरनारायण माधव नेपाल नेतृत्वको पार्टीमा लागेका थिए ।

    त्यसअघि एमालेमा रहँदा प्रतापलाल वैकल्पिक केन्द्रीय सदस्य थिए भने शंकरनारायण सल्लाहकार थिए ।