न्यु भिजनले राधा माविमा सरस्वती मन्दिर बनाउने, सरस्वतीपूजाको अवसर पारी शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    न्यु भिजनले राधा माविमा सरस्वती मन्दिर बनाउने, सरस्वतीपूजाको अवसर पारी शिलान्यास

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०८०, बुधबार

    दमौली । म्याग्दे गाउँपालिका-२ स्थित राधा माविमा सरस्वती मन्दिर निर्माण हुने भएको छ । न्यु भिजन युवा क्लवले विद्यालय परिसरमा मन्दिर निर्माण गर्न लागेको हो ।

    उक्त मन्दिरको सरस्वती पूजाको अवसर पारी बुधबार शिलान्याल गरिएको छ । वडाध्यक्ष शिवबहादुर क्षेत्री र क्लवका अध्यक्ष राजिव श्रेष्ठले संयुक्त रुपमा मन्दिरको शिलान्यास गरेका छन् ।

    करिब रु दुई लाख ५० हजारको लागतमा मन्दिर बनाउन लागिएको श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रममा विद्यालयका अध्य़क्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, प्रधानाध्यापक,जामुने टोल विकासका अध्यक्ष, क्लबका पधाधिकारी लगायत उपस्थित थिए ।