दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको संयोजकमा विश्व बास्तोला सिफारिस भएका छन् । जिल्ला कार्य समितिको बिहीबार बसेको बैठकले रिक्त रहेको जिल्ला संयोजकमा बास्तोलालाई मनोनयन गर्न प्रदेश समिति मार्फत् केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला संयोजक विकास सिग्देल केन्द्रीय विभाग सदस्य भएपछि उक्त पद रिक्त थियो ।
सहसंयोजक सुर्यमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको निर्वाचन क्षेत्र नम्बर १को क्षेत्रीय सभापति पदमा पदमराज न्यौपानेलाई मनोनयन गरेको व्यास नगर समिति सभापति चुडामणि दाहालले जानकारी दिए ।
क्षेत्रीय उपसभापतिमा सीता विक, सचिवमा अनिल श्रेष्ठ र सदस्यहरुमा विष्णुबहादुर पन्त र शशी रुपाखेती मनोनित भएका छन् ।