ऑबुखैरेनी बजारमा अनुमति बिना विज्ञापन बोर्ड राख्न नपाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी बजारमा अनुमति बिना विज्ञापन बोर्ड राख्न नपाइने

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८०, शुक्रबार

    दमौली । तनहुँको ऑबुखैरेनी बजारमा अनुमति बिना विज्ञापन बोर्ड राख्न नपाइने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै अनुमति नलिइकन राखिएका त्यस्ता बोर्ड हटाउन निर्देशन दिएको छ ।

    माघ २९ गते जारी गरिएको सूचनामा अनुमति लिएर मात्र विज्ञापन बोर्ड राख्न पाउने नियम रहेको उल्लेख गरिएको छ । गण्डकी प्रदेश आर्थिक ऐन २०८० र नेपालको संविधान २०७२ को धारा २१४ बमोजिम विज्ञापन कर स्थानीय तहले लगाउने र व्यवस्थापन गर्ने व्यवस्था रहेको अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।