तनहुँका कृष्ण : जसले पाए ‘गोल्डेन की’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका कृष्ण : जसले पाए ‘गोल्डेन की’

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०८०, शनिबार

    दमौली । तनहुँको भिमाद नगरपालिका-५ ऋषिङपाटनका कृष्ण गैरेले कमेडी च्याम्पियन-३ मा गोल्डेन की पाएका छन् । बिहीबारदेखि सुरु भएको कमेडी च्याम्पियनको सिजन ३ को फिजिकल अडिसनमा सहभागी गैरेले गोल्डेन की पाएका हुन् ।

    गैरेल फिजिकल अडिसनबाट सिधै उत्कृष्ट २४ भित्र पर्न सफल भएका हुन् । कमेडी च्याम्पियन-३ मा एक सय भन्दा बढी प्रतिस्पर्धी छन् । गोल्डेन की पाउने सिधै उत्कृष्ट २४ मा पर्छन् । गैरेले बेरोजगारी सम्बन्धि सामग्री प्रस्तुत गरेका थिए ।

    कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् ।