तनहुँमा जन्ती बोकेको जीप दुर्घटना अपडेट : दुईको मृत्यु, १६ जना घाइते (नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँमा जन्ती बोकेको जीप दुर्घटना अपडेट : दुईको मृत्यु, १६ जना घाइते (नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०८०, सोमबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

    मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङ रहेको प्रहरीले जनाएको छ । आसपुरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

    दुर्घटनामा १६ जना घाइते भएका छन् । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खस्दा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।

    दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ प्युघर बस्ने १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँ बस्ने ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, ६ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका–३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

    यसैगरी आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, दश वर्षीया दिक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी गाउँपालिका–१ गिरौनचौर बस्ने जीप चालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते भएका छन् । उनीहरुको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।