एमाले तनहुँकाे अधिवेशन वैशाख ७ र ८ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँकाे अधिवेशन वैशाख ७ र ८ गते

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०८०, सोमबार

    दमाैली । नेकपा एमाले तनहुँकाे अधिवेशन आगामी वैशाख ७ र ८ गते हुने भएकाे छ । एमाले तनहुँकाे साेमबार बसेकाे बैठकले अधिवेशनकाे मिति ताेकेकाे हाे ।

    बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष श्रीराम कार्कीकाे नेतृत्वमा आएका नेताहरुलाई जिल्ला कमिटीमा मनाेनित गर्ने निर्णय गरेकाे छ । जसअनुसार जिल्ला कमिटीमा घिरिङका दिपक खाती, भानुका हरि कार्की र बन्दीपुरका भरत केसी मनाेनित भएका छन् ।

    त्यस्तै शिवओम मल्ल, विष्णुमाया ढकाल, नारायणकुमार श्रेष्ठ, बाबुराम कार्की, सोमनाथ लम्साल जिल्ला सदस्यमा मनाेनित भएका छन् ।