राधा माविमा लायन्स क्लव म्याग्देको डस्टवीन सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    राधा माविमा लायन्स क्लव म्याग्देको डस्टवीन सहयोग

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०८०, शुक्रबार

    दमौली । लायन्स क्लव अफ तनहुँ म्याग्देले राधा माविलाई डस्टवीन सहयोग गरेको छ । क्लवले शुक्रबार विद्यालयलाई डस्टवीन सहयोग गरेको हो ।

    विद्यालय परिसरलाई सफा र स्वच्छ राख्न डस्टवीन सहयोग गरिएको क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिए । उनका अनुसार ३० थान डस्टवीन सहयोग गरिएको छ ।

    सो क्रममा म्याग्दे-२ का वडाध्यक्ष शिवबहादुर रानाभाट, ४ का वडाध्यक्ष दिपक श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप रानाभाट, न्यु भिजन युवा क्लवका अध्यक्ष राजिव श्रेष्ठ लगायतले क्लवको सामाजिक कार्यको सराहनीय गरे ।

    सामाजिक उत्तरदायित्व वहन अन्तर्गत क्लवले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको रानाको भनाई छ । उनले भने, ‘स्वास्थ्य, शिक्षा, पर्यटन लगायतलाई प्राथमिकतामा राखेर क्लवले सहयोगका कार्यक्रम अगाडी बढाएको छ ।’