डिजेल चोरी गरेको आरोपमा तनहुँमा दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डिजेल चोरी गरेको आरोपमा तनहुँमा दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । डिजेल चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१० वैरेनी घर भएका ३० वर्षीय अर्जुन विक र सोही ठाउँ बस्ने ३२ वर्षीय लिलामणि दरै रहेका छन् ।

    शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित तिम्सिनाचोकमा पार्किङ गरी राखेको कास्कीको पोखरा महानगरपालिका–१४ चाउथे बस्ने लिला लामिछानेको बा २ क ३२२८ नम्बरको स्काभेटरको ट्याङ्कीबाट एक सय ७० लिटर डिजेल चोरी गरेको अभियोगमा प्रहरीले निजहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ग १ ख ६८०७ नम्बरको टिप्पर सहित दुई जनालाई एक सय ६५ लिटर डिजेल सहित पक्राउ गरेको खाँणले बताए ।

    प्रहरीले निजहरुलाई भिमाद नगरपालिका–७ भिमादचोकबाट पक्राउ गरेको हो । प्रहरीले टिप्परधनी विकको घर खानतलासी गर्दा थप दुई सय ६५ लिटर डिजेल बरामद गरेको छ । पक्राउ परेका दुवैविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।