म्याग्देमा मनाइयो मगर स्थापना दिवस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा मनाइयो मगर स्थापना दिवस

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । ४२ औ मगर स्थापना दिवस तनहुँको म्याग्देमा विविध कार्यक्रम सहित मनाइएको छ । नेपाल मगर सङ्घ म्याग्देको आयोजनामा विविध कार्यक्रम सहित मगर स्थापना दिवस मनाइएको हो ।

    कार्यक्रममा सामुदायिक विद्यालयतर्फ २.८ जिपिए ल्याउने मिन माविका शोभियतबहादुर थापा, ३.२ जिपिए ल्याउने राधा माविकी शर्मिला आले, संस्थागत विद्यालयतर्फ ३.५ जिपिए ल्याउने आदर्श बोर्डिङका निरजन थापा, ३.५ जिपिए ल्याउने सागर थापा, ३.७ जिपिए ल्याउने आदर्श बोर्डिङका अनिषा रानालाई सम्मान गरिएको छ ।

    कार्यक्रममा जिल्ला विकास समितिका पूर्व उपसभापति बलबहादुर आले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले बोलेका थिए ।