अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोटलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोटलाई

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८०, बिहीबार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । ऋषिङ गाउँपालिका–४ थप्रेकमा बुधबार सम्पन्न भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै गलकोट नगरपालिकाले उपाधि जितेको हो । गलकोटले शुक्लागण्डकीलाई ३–२ सेटले पराजित गरेको छ ।

    प्रतियोगितामा नवलपुरको बौदीकाली गाउँपालिका तृतीय भएको छ । तृतीय स्थानका लागि तनहुँको भिमाद नगरपालिकालाई पराजित गर्दै बौदीकालीले तृतीय स्थान सुरक्षित गर्न सफल भएको छ ।

    उपाधिसँगै गलकोट नगरपालिकाले नगद रु एक लाख ८७ हजार प्राप्त गरेको छ । द्वितीय भएको शुक्लागण्डकी नगरपालिकाले रु एक लाख २० हजार र तृतीय भएको बौदीकालीले रु ५४ हजार प्राप्त गरेको छ ।

    प्रतियोगितामा ११ पालिकाको सहभागिता रहेको खेलकुद समिति संयोजक दलबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा बागलुङको गलकोट नगरपालिका, तनहुँको ऋषिङ गाउँपालिका (क) र (ख), कास्कीको मादी गाउँपालिका, नवलपुरको बौदीकाली गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, भिमाद नगरपालिका, नवलपुरको बुलिङटार गाउँपालिकाको सहभागिता थियो ।

    विजयीहरुलई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

    विकासका काम सँगसँगै खेलकुदका गतिविधिलाई अगाडी बढाउने उद्धेश्यले गाउँपालिकाले विगत चार वर्षदेखि अध्यक्ष कप अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको ऋषिङका अध्यक्ष श्रेष्ठले बताए ।