पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनले जित्यो उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पेनाल्टीमा चुक्यो नेपाल, जोर्डनले जित्यो उपाधि

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८०, शुक्रबार

    काठमाडौं । जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा पराजित गर्यो ।

    जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले हरायो । नेपालको चौथो प्रहारमा अमृता जैँसी चुकेकी थिइन् ।

    उनको प्रहार लेबनानकी गोलकिपरले रोकिन् । लेबनानले पाचौँ प्रहारमा गोल गरेपछि नेपालले आफ्नो अन्तिम प्रहार गरिरहनै परेन ।

    निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। नेपालले २९ औँ मिनेटमा सविता रानामगरले पहिलो गोल गरेकी थिइन् ।

    ७३ औँ मिनेटमा जोर्डनले खेल बराबरीमा ल्याएको थियो । ८८ औँ मिनेटमा गोल गरेपछि जोर्डन उपाधि नजिक देखिएको थियो ।

    तर इन्जुरी समयमा नेपालकी गिता रानाले प्राप्त पेनाल्टी अवसरमा गोल गर्दै खेल बराबरीमा पुर्याथएकी थिइन् ।

    पहिलो हाफमा दबाबपूर्ण प्रदर्शन गरेको नेपालका लागि दोस्रो हाफ सुरु भएको केही समयमा प्लेमेकर प्रिति राई घाइते हुनु दुर्भाग्यपूर्ण रह्यो ।

    उनलाई मैदान बाहिर राखेर उपचार गरिरहेकै समयमा जोर्डनले खेल बराबरीमा ल्याएको थियो। उसले अफसाइड ट्रयाप बिट गरेर नेपाललाई जिल्याएको थियो ।

    जोर्डनका एक खेलाडी पछाडि रहेको देखेर आफ्नो पोष्टतर्फ आएको लामो प्रहार नेपाली खेलाडीले छाडिदिएका थिए ।

    त्यही समयमा जोर्डनका दुई खेलाडी अगाडि बढ्दै गोलकिपरसँग वन भर्सेस वन भएका थिए । त्यसपछि मात्र प्रितिको ठाउँमा अर्को खेलाडीलाई मैदान पठाइएको थियो ।

    प्रतियोगिताको सर्वाधिक गोलकर्ता सावित्रा भन्डारी साम्बा फाइनलमा नहुनु पनि नेपालका लागि दुर्भाग्यपूर्ण रह्यो। उनी क्लबले बोलाएपछि फाइनल छाडेर फ्रान्सतर्फ लागेकी थिइन् ।

    नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि जित्ने प्रयाशमा थियो । जोर्डनले वाफ च्याम्पियनसिप छैटौँपटक जितेको हो । यो प्रतियोगिता जोर्डनबाहेक अन्य टोलीले दुईपटक मात्र जितेका छन् । (नेपाल प्रेसबाट)