लागुऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लागुऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८०, शुक्रबार

    दमौली । लागुऔषध मुद्धामा फरार प्रतिवादी एक वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध मुद्धाका फरार प्रतिवादी रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थायी घर भएका १९ वर्षीय मन्देश हरिजनलाई पक्राउ गरेको हो ।

    निजलाई सम्बन्धित घरवतनबाट पक्राउ गरी आज तनहँु अदालत पेश गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । निजविरुद्ध तनहुँ अदालतले विसं २०७९ पुस ३ गतेको फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना हुने ठहर गरेको थियो ।

    विसं २०७६ साउन २९ गते शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा ३७ वर्षीय राजन भन्ने राजेन्द्र गुरुङलाई लागुऔषध सहित पक्राउ गरिएकामा उक्त घटनामा मन्देश जोडिएका थिए । निज गुरुङले उक्त लागुऔषध मन्देशलाई मगाएको प्रहरी समक्ष बयान दिएका थिए ।