दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शन मेला हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शन मेला हुने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको दमौलीमा पहिलो पटक महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रबद्र्धन मेला हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला उद्यमी सङ्घ नेपाल तनहुँले फागुन २५ गतेदेखि २७ गतेसम्म व्यापार प्रदर्शन एवं प्रबद्र्धन मेला गर्न लागेको हो ।

    महिला उद्यमीले उत्पादन गरेका सामग्री विक्री वितरण गर्ने उद्धेश्यसहित मेला गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घकी अध्यक्ष निर्मला मल्लले जानकारी दिइन्। महिला उद्यमीले उत्पादन गरेका सामग्री बजारीकरणमा सहयोग पु¥याउने मेलाको प्रमुख उद्धेश्य रहेको मल्लको भनाइ थियो ।

    उनले भनिन् “परम्परागत सीपत र पेशालाई प्रबद्र्धन गर्न र स्थानीय उत्पादन विक्रीका लागि मेला सहयोगी हुने विश्वास लिएका छौ । यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुनेछ ।”

    मल्लका अनुसार मेलामा ५० वटा स्टल रहने र २३ वटा स्टल बुकिङ भइसकेको छ । मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री विक्री वितरणका स्टल रहनेछन् । बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री विक्री वितरण गर्न नपाइने र स्थानीय स्तरमै उत्पादित वस्तुमात्रै विक्री गर्न पाइनेछ ।

    तीन दिनसम्म चल्ने मेलामा करिब ४० हजार दर्शक रहने अनुमान छ । मेला सम्पन्न गर्नका लागि करिब रु सात लाख खर्च हुनेछ ।

    लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि मेलाले सहयोग पुग्ने महिला उद्यमी सङ्घ दुलेगौडा इकाइ अध्यक्ष तुलसी शाहले बताइन्। उनले भनिन्, “अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि मेलाले सहयोग पुग्नेछ ।”

    पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले विभिन्न वडामा महिला उद्यमी तयार पारेको र तिनै महिला उद्यमीलाई प्रोत्साहन गर्न मेलाले सहयोग पुग्ने बताइन ।

    मेलामा घरेलु तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती, महिलाहरुको आर्थिक, सामाजिक र कानूनी हक स्थापित गर्न चेतनामूलक कार्यक्रम, वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम गरिने सङ्घकी सचिव सरु श्रेष्ठले जानकारी दिए।