तनहुँ नेत्रहीन सङ्घको महायज्ञबाट रु आठ लाख बचत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ नेत्रहीन सङ्घको महायज्ञबाट रु आठ लाख बचत

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८०, शनिबार

    दमाैली । तनहुँ नेत्रहीन सङ्घले सञ्चालन गरेको महायज्ञबाट रु आठ लाख बचत भएको छ । भवन निर्माण गर्ने उद्धेश्यसहित गत पुस १८ गतेदेखि २६ गतेसम्म सञ्चालित महायज्ञबाट रु आठ लाख ७० हजार सात सय ३० बचत भएको हो ।

    महायज्ञमा रु २५ लाख ७० हजार आम्दानी भएकामा रु १६ लाख ९९ हजार दुई सय ७० खर्च भएको सङ्घका अध्यक्ष चिनबहादुर कुमालले जानकारी दिए। उनका अनुसार व्यास नगरपालिकाले रु पाँच लाख र म्याग्दे गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको र उक्त रकम प्राप्त गर्न बाँकी छ ।

    उनले भने “महायज्ञबाट उल्लेख्य रकम बचत गर्न सफल भएका छौ । अब केही दिनमै भवन निर्माणको काम सुरु गरिनेछ ।” बचत भएको रकमले जग खन्ने लगायतका काम गरिने र रकम अपुग हुने भएकाले थप सहयोगका लागि विभिन्न निकायमा अनुरोध गरिने कुमालले बताए।

    हालसम्म भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको सङ्घले व्यास नगरपालिका–५ पाटनमा भवन निर्माण गर्ने तयारी गरेको छ । सङ्घलाई व्यास नगरपालिका–५ पाटनका केवी गुरुङले करिब रु २५ लाख पर्ने चार आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।