दमौली । नेपाल ट्रेड युनियन कांग्रसको ७८ औ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले दमौली अस्पतालमा फलफूल वितरण गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले स्थापना दिवसका अवसरमा सोमबार अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।
नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा फलफूल वितरण गरिएको ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष कृष्ण केसी नागिलाले जानकारी दिए ।
वि.सं.२००३ साल फागुन २१ गते विराटनगर मजदुर युनियनको नाममा स्थापित संगठन नै हालको नेपाल ट्रेड युनियन कांग्रेस हो ।
तत्कालीन कारखाना मालिकहरुले मजदुरलाई गरेको शोषणको विरुद्ध गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा मजदुरको ज्याला वृद्धि, स्वस्थ कार्यस्थल एवं श्रमिक अधिकारको मुख्य माग राखी कारखाना मालिक विरुद्ध नेपालमै पहिलो संगठित आन्दोलन छेडेका थिए ।
सोही मजदुर आन्दोलन नै नेपालको १०४ वर्षे निरंकुश राणा शासनलाई अन्त्य गर्ने आधार समेत बन्यो ।