निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्त समूह पहिचान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्त समूह पहिचान

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८०, सोमबार

    दमौली । नेपाल जुनियर/ युवा रेडकस स्थापना दिवसका अवसरमा व्यास-५ पाटनस्थित पराशर माविमा स्वास्थ्य शिविर तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

    नेशनल एपोलो हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा युवा रेडकस सर्कल पराशर माध्यमिक विद्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    नेपाल युवा रेडक्रस सर्कल श्री पराशर मा.वि.का अध्यक्ष विष्णुमाया थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताए ।

    नेशनल एपोलो हस्पिटलका प्रबन्ध निर्देशक चुडामणी दाहालले आफू विद्यार्थीकालदेखि नै रेडक्रसमा आबद्ध भई समाजसेवामा लागेको र युवा रेडक्रस सर्कल श्री पराशर मा.वि.ले गरेको यस कार्यक्रममा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

    कुल २४३ जनाको रक्त समूह पहिचान तथा स्वास्थ्य परीक्षण गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।