स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ऑबुखैरेनी जिल्लाकै प्रथम (नतिजा सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ऑबुखैरेनी जिल्लाकै प्रथम (नतिजा सहित)

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८०, बिहीबार

    दमौली । स्थानीय तह वित्तीय सुशासन जोखि मुल्याङ्कनमा ऑबुखैरेनी जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ऑबुखैरेनी ८६.५ अंक प्राप्त गरी जिल्लामै प्रथम भएको हो ।

    मन्त्रालयले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई आधार मानी समग्र मूल्यांकन गर्ने गर्दछ ।

    ऑबुखैरेनीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा २०.५, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २४.५, लेखांकन तथा प्रतिवेदनमा १६ अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षणमा ११.५ र राजस्व व्यवस्थापनमा १४ अंक प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    मूल्यांकनमा म्याग्दे दोस्रो भएको छ । म्याग्देले ८१ अंक प्राप्त गरेको छ। भिमाद नगरपालिका तेस्रो, व्यास नगरपालिका चौथो, ऋषिङ गाउँपालिकी पॉचौ, देवघाट गाउँपालिका छैटौ, भानु नगरपालिका सातौ र घिरिङ गाउँपालिका आठौ भएको छ ।