रास्वपा तनहुँले संगठन विस्तार र विकासका कामको अनुगमन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा तनहुँले संगठन विस्तार र विकासका कामको अनुगमन गर्ने

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८०, शनिबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले संगठन विस्तार र विकासका कामको अनुगमन गर्ने भएको छ । पार्टीका सभापति विश्व बास्तोलाको अध्यक्षतामा शुक्लागण्डकी नगरपालिका-६ मा शनिबार सम्पन्न बैठकले पार्टीको संगठन विस्तारको निर्णय गरेको हो ।

    बैठकले जिल्लामा भइरहेका विकास आयोजनाको अनुगमन तथा छलफललाई समेत अगाडी बढाउने निर्णय गरेको छ ।

    पछिल्लो समय पार्टीमा जनताको आकर्षण बढ्दै गएकाले सबै पालिकामा संगठन विस्तार गरिने रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले जानकारी दिए ।