जेसीआइ व्यास नगरद्वारा नयाँ सदस्यताका लागि आवेदन खुल्ला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसीआइ व्यास नगरद्वारा नयाँ सदस्यताका लागि आवेदन खुल्ला

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८०, शनिबार

    दमौली । जेसीआइ व्यास नगरले नयॉ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । शनिबार सम्पन्न जेसीआइ वर्ष २०२४ प्रथम साधारण सभाले नयाँ सदस्यताका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेको हो ।

    शनिबारदेखि चैत २५ गते ५ बजेसम्म आवेदन दिन सकिने अध्यक्ष नविन पुरीले जानकारी दिए । संस्थाको सदस्य बन्ने योग्यता पूरा भएका महिला तथा पुरुष सबैले आवेदन दिन सकिने बताइएको छ । आवेदन दिनका लागि १८ वर्ष पूरी भई ४० वर्ष नकटेको तथा कुनै पनि फौजदारी अभियोग नलागेको हुनुपर्नेछ ।

    सदस्यता दिन इच्छुकले संस्थाको सचिवालय, भोर्लेटार स्थित एबिसि मिनि मार्ट, भेटघाट चोक स्थित गिरी इमपपेक्स, प्रशासन चोकस्थित साझा स्टेशनरी, एन्जिला हार्डवेयरबाट आवेदन फारम लिन सक्ने बताइएको छ । आवेदन दिएका प्रस्तावित सदस्य छनोटको पूर्ण अधिकार वर्ष २०२४को कार्यसमितिमा निहित हुने पुरीले बताए ।

    साधारण सभाले संस्थाको भवन मर्मत तथा निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै सभाले एरिया बि कन्फरेन्स बिडिङ २०२५ होस्ट गर्न प्रास्ताव लैजाने निर्णय पनि गरेको अध्यक्षले जानकारी दिए ।

    सभामा संस्थाका पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, सुरेश पुरी, माधव न्यौपाने, रमेश गिरी, भरतकुमार श्रेष्ठ , कृष्ण सुनार लगायतले बोलेका थिए ।
    सोही अवसरमा महासचिव सनम अधिकारी तथा कोषाध्यक्ष सोम बहादुर नेपालीले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल गरिएको थियो ।