दमौली । व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र शिवपञ्चायन विकास कोषमा नयाँ नेतृत्व चयन गरिएको छ । कोषको मङ्गलबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
कोषको अध्यक्षमा प्रेमप्रकाश भट्टराई चयन भएका छन् । कोषको उपाध्यक्षमा मङ्गलप्रसाद श्रेष्ठ र वीणा कैनी, महासचिवमा विष्णुभक्त सिग्देल, सचिवमा ऋषिराम ढुङ्गाना र मदनप्रसाद पण्डित, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ चयन भएका छन्।
सदस्यहरुमा बाबुराम बगाले, सावित्री अधिकारी, गौरी थापा, अर्जुन गिरी, कुलबहादुर थापा, दुर्गाभक्त अधिकारी चयन हुनुभएको निर्वाचन प्रबन्ध समिति संयोजक त्रिभुवन श्रेष्ठले जानकारी दिए ।
कोषको नेतृत्वमा व्यास-३ व्यास गुफा क्षेत्रमा वेदव्यासको १०८ फिटको मूर्ति बन्दैछ । त्यसका लागि अहिले मूर्ति अड्याउने स्तम्भ निर्माणको काम जारी छ ।