माइक्रोमा गाजा पार्सल, प्रहरीले पछ्याउँदा पक्राउ परे त्रिपाठी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    माइक्रोमा गाजा पार्सल, प्रहरीले पछ्याउँदा पक्राउ परे त्रिपाठी

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८०, बिहीबार

    दमौली । माइक्रोमा पार्सल गरिएको गाजा पछ्याउदा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ वेनीटारमा ग १ ख २९४४ नम्बरको माइक्रो जॉच गर्दा पार्सल गरिएको गाजा भेटिएको र पार्सल लिने व्यक्तिलाई कास्कीबाट पक्राउ गरिएको हो ।

    बसमा कालो कलरको भिर्ने झोला भित्र वाईवाईचाउचाउको कार्टुनमा पार्सलको रुपमा पठाएको लागु औषधगाँजा रहेको हुँदा चालकलाई सोधपुछ गर्दा कास्की पुर्‍याउने हो भनि जानकारी हुना साथ सोही माईक्रोलाई फ्लोअप गर्दै कास्कीको पोखरा महानगरपालिका-२५ का २६ वर्षीय अग्रिम त्रिपाठीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए । निजविरुद्ध तनहुँ अदालतबाट पॉच दिनको म्याद थप गरिएको छ ।