वित्त आयोगको मूल्याङ्कनमा ऑबुखैरेनी देशकै ५१, गण्डकीको दशौ स्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    वित्त आयोगको मूल्याङ्कनमा ऑबुखैरेनी देशकै ५१, गण्डकीको दशौ स्थानमा

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८०, बिहीबार

    दमौली । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रकाशित अन्तिम नतिजा अनुसार तनहुँ आँबुखैरेनी गाउँपालिका देशकै ५१ स्थानमा पर्न सफल भएको छ। अन्तिम नतिजा अनुसार गाउँपालिकाले ६९.६८ अंक प्राप्त गरी देशभरका ७५३ स्थानीय तहमध्ये ५१ औ स्थान प्राप्त गरेको हो ।

    त्यस्तै गण्डकी प्रदेशमा दशौ स्थानमा परेको ऑबुखैरेनी तनहुँमा भने प्रथम भएको छ । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले उत्कृष्ट नतिजा हासिल भएको बताए ।

    कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको आयोगले जनाएको छ।

    समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेश गरे नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो । आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।