सार्वजनिक जग्गा हडपेर ट्रयाल सेन्टर बनाएपछि अख्तियारको छानबिन, ट्रायल रोकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सार्वजनिक जग्गा हडपेर ट्रयाल सेन्टर बनाएपछि अख्तियारको छानबिन, ट्रायल रोकियो

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८०, बिहीबार

    दमौली । तनहुँको बन्दीपुर-४ विमलनगरमा सार्वजनिक जग्गा हडपेर ट्रयाल सेन्टर बनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । स्थानीय केही व्यक्तिहरुले ट्रयास सेन्टर बनाउने क्रममा सार्वजनिक जग्गा हडपेको उजुरीपछि आयोगले यस विषयमा छानबिन अगाडी बढाएको छ ।

    अख्तियारकै निर्देशनमा यातायात कार्यालय तनहुँले बिहीबारदेखि लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । यातायात कार्यालयका सूचना अधिकारी विष्णु केसीले अख्तियारले जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत् परिपत्र गरेको जानकारी दिए ।

    यातायात कार्यालयले गत वर्षदेखि जिल्लामै प्रयोगात्मक परीक्षा लिने व्यवस्था सुरु गरेको थियो । निजी व्यवसायीले बनाएको ट्रयाल सेन्टरबाट कार्यालयले परीक्षा लिने गरेको छ ।