व्यास पोल्याङका प्रविण कैनी नेविसंघको केन्द्रीय सदस्यमा मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास पोल्याङका प्रविण कैनी नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०८०, शनिबार

    दमौली । व्यास नगरपालिका-११ पोल्याङका प्रविन कैनी नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित भएका छन् । नेपाल विद्याथी संघ तनहुँ काठमाडौ सम्पर्क समितिका अध्यक्ष समेत रहेका कैनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्य मनोनित भएका हुन् ।

    नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित कार्यसमितिको सदस्यमा प्रविण कैनी सहित थप ४१ जनालाई मनोनयन गरेका हुन् । 

    विद्यार्थी राजनीतिमा लामो समयदेखि लागेका कैनी नेविसंघलाई विद्यार्थी तथा सर्वसाधारणका मुद्दाहरुमा अझ सक्रिय बनाउन र लोकतन्त्रको रक्षाको लागि आफ्नो मनोनयनले प्रेरणा मिलेको बताएका छन् ।