पोखरा पर्यटकीय राजधानी घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पोखरा पर्यटकीय राजधानी घोषणा

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०८०, आईतवार

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन्।

    गण्डकी प्रदेश सरकार र पोखरा महानगरले संयुक्त रूपमा आयोजनामा प्रचण्डले उक्त घोषणा गरेका हुन्। 

    ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्धितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु,’ उनले भने, ‘मेरो जन्म भएको कास्कीलाई पर्यटनको राजधानी घोषणा गर्न पाउँदा गर्व र हर्षको महसुस भएको छ।’

    पर्यटनको राजधानी घोषणा पश्चात पोखराको मात्रै नभएर गण्डकी प्रदेश र सिंगो देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको उनले बताए।

    पोखरा सम्भावनाले भरिएको सहर भएको भन्दै उनले यहाँका नदीनाला, तालतलैया, गल्छीहरू, छाँगा र हिमश्रृङ्खलाले सहरको सुन्दरतालाई अनुपम बनाएको प्रचण्डले बताए। विविधतालाई एकै ठाउँमा संकेन्द्रित गरी व्यवस्थित प्रचारप्रसारको माध्यमबाट पर्यटन प्रवर्द्धनमा गुणात्मक नतिजा हासिल गर्न सकिने भन्दै उनले यस घोषणाले पोखरालाई अन्तर्राष्ट्रिय बजारमा ‘ब्राण्डिङ’ गर्ने उनले बताए।