दमौली खानेपानीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली खानेपानीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०८०, शुक्रबार

    दमौली । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबारदेखि सुरु भएको संस्थाको अधिवेशन अन्तर्गत अध्यक्षमा बुद्धिमान श्रेष्ठ, माधवप्रसाद अधिकारी, टुकबहादुर हमाल र राजकुमार श्रेष्ठको उम्मेदवारी परेको हो ।

    सचिवमा बसुन्धरा घर्ती, योगिता कायस्थ र कृष्ण सुनारको उम्मेदवारी परेको निर्वाचन प्रबन्ध समिति संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए । कोषाध्यक्षमा चिरौकाजी बतास, हर्षमान श्रेष्ठ र दीर्घबहादुर थापाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भने विशेश्वर सुवेदीको मात्रै उम्मेदवारी परेको छ ।

    सदस्यहरुमा आठ जना चाहिनेमा ३४ जनाको उम्मेदवारी परेको छ । नयॉ नेतृत्व चयनका लागि शनिबार मतदान हुनेछ ।