दमौली । नेपाल ट्रेड युनियन कांग्रेस व्यास नगर समितिमा नयॉ नेतृत्व चयन भएको छ । शनिबार आयोजित दोस्रो अधिवेशनले हरिशचन्द्र न्यौपानेको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा भरतप्रसाद पौडेल, सचिवमा विष्णुप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी विक, सहसचिवमा रेशम खुलाल र सदस्यहरुमा दिलकुमारी थापा, रियाइत आलम, हरिकृष्ण पण्डित, मिलन तामाङ, विरु ठाकुर र चेतन थापा चयन भएका छन् ।