दमौली खानेपानीको सचिवमा योगिता सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौली खानेपानीको सचिवमा योगिता सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८०, शनिबार

    दमौली । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सचिवमा योगिता श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । शनिबार मतदानको कार्यतालिका रहेकामा श्रेष्ठ सचिवमा सर्वसम्मत भएकी हुन् ।

    सचिवमा उम्मेदवारी दिएका बसुन्धरा घर्ती र कृष्ण सुनारले उम्मेदवारी फिर्ता लिएका थिए ।

    यसअघि उपाध्यक्षमा विश्व सुवेदी सर्वसम्मत भइसकेका छन् । अध्यक्षमा चार जना प्रतिस्पर्धामा छन् । कोषाध्यक्षमा दुई जना चुनावी मैदानमा छन् ।