दमौली । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बुद्धिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठले एक सय पॉच मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी माधवप्रसाद अधिकारीले ७४, राजकुमार श्रेष्ठले ३४ र टुकबहादुप हमालले २३ मत प्राप्त गरेका छन् ।
दुई सय ६६ मतदाता रहेकामा मतदानमा दुई सय ६१ मत खसेको निर्वाचन प्रबन्ध समिति संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए ।
अधिवेशनबाट कोषाध्यक्षमा चिरौकाजी बतास निर्वाचित भएका छन् । उनले एक सय ३७ र दीर्घबहादुर थापाले ७९ मत प्राप्त गरेका छन् ।
यसअघि संस्थाको उपाध्यक्षमा विश्व सुवेदी र सचिवमा योगिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए ।
अध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघिको कार्यकालमा आकांक्षी थिए । त्यतिबेला वृषराज श्रेष्ठलाई अध्यक्ष बनाउन नेपाली कांग्रेसले सहमति गराएको थियो । अध्यक्षमा प्रतिसपर्धा गरेका चारै जना नेपाली कांग्रेस समर्थक हुन् ।