घिरिङमा शहिद सन्ध्या स्मृति पार्क निर्माण, पूर्वमन्त्री कोइरालाद्वारा उदघाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा शहिद सन्ध्या स्मृति पार्क निर्माण, पूर्वमन्त्री कोइरालाद्वारा उदघाटन

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८०, आईतवार

    दमौली। तनहुँको घिरिङ गाउँपालिका-१ बैडी राजडॉडामा शहिद सन्ध्या स्मृति पार्क निर्माण गरिएको छ । जनयुद्धका क्रममा सहादत प्राप्त दिलमाया विक (सन्ध्या) को सम्झनामा यहॉ पार्क निर्माण गरिएको हो ।

    गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा शहिद पार्क निर्माण गरिएको हो । आर्थिक वर्ष २०७८/७९ मा पार्क निर्माणका लागि रु दश लाख बजेट विनियोजन भएको पार्क निर्माण समितिका अध्यक्ष गोप बहादुर विकले जानकारी दिए ।

    उक्त पार्कको शनिबार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले उदघाटन गरेकी छन्। सोही अवसरमा पार्कमा राखिएको दिलमायाको शालिकको समेत उनले अनावरण गरिन् ।

    कोइरालाले शहिदकी आमा पमती सुनार र अन्य परिवारलाई अभिनन्दन गरेकी थिइन् । साथै उनले शहिदको जीवनी समेटिएको अमरगाथा पुस्तक परिवारलाई हस्तान्तरण गरिन् ।

    कार्यक्रममा कोइरालाले शहिदको बलिदानले देशमा राजनीतिक परिवर्तन भएकाले शहिद परिवारले गर्व गर्नुपर्ने उल्लेख गरिन्।

    यसैबीच घिरिङ गाउँपालिका-४ का शहिद पवित्रा कुमाल र मिनबहादुर कुमालका परिवारलाई घरमै गई भेटघाट गर्नुका साथै अभिनन्दन गरिएको छ। शहिद सप्ताहको अवसरमा फागुन १९ गते दमौलीमा अमरगाथा पुस्तक विमोचन तथा शहिद/बेपत्ता योद्धा अभिनन्दन कार्यक्रममा उपस्थित हुन नसकेका शहिद परिवारलाई घरमै पुगेर अभिनन्दन गरिएको कोइरालाले जानकारी दिइन् ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मदन आले, वाइसिएल गण्डकी संयोजक शरण सापकोटा लगायत सहभागी थिए ।