दमौली खानेपानीको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली खानेपानीको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८०, आईतवार

    दमौली । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् ।

    अध्यक्षमा निर्वाचित श्रेष्ठले एक सय पॉच मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी माधवप्रसाद अधिकारीले ७४, राजकुमार श्रेष्ठले ३४ र टुकबहादुप हमालले २३ मत प्राप्त गरेका छन् ।

    दुई सय ६६ मतदाता रहेकामा मतदानमा दुई सय ६१ मत खसेको निर्वाचन प्रबन्ध समिति संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए । अधिवेशनबाट कोषाध्यक्षमा चिरौकाजी बतास निर्वाचित भएका छन् । उनले एक सय ३७ र दीर्घबहादुर थापाले ७९ मत प्राप्त गरेका छन् । यसअघि संस्थाको उपाध्यक्षमा विश्व सुवेदी र सचिवमा योगिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए ।

    त्यस्तै सदस्यहरुमा महिलातर्फ मिनका रिमाल कट्टेल, केश कुमारी राना, दिपा श्रेष्ठ र खुल्ला सदस्यहरुमा सूर्यभक्त अधिकारी, सुरेश अधिकारी , टिका गिरी, मिनराज न्यौपाने र हुमराज पन्थ निर्वाचित भएका छन् ।

    अध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघिको कार्यकालमा आकांक्षी थिए । त्यतिबेला वृषराज श्रेष्ठलाई अध्यक्ष बनाउन नेपाली कांग्रेसले सहमति गराएको थियो । अध्यक्षमा प्रतिसपर्धा गरेका चारै जना नेपाली कांग्रेस समर्थक हुन् ।