कारागारबाटै एसइई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कारागारबाटै एसइई

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०८०, बिहीबार

    दमौली । तनहुँमा एक जना कैदीबन्दी कारागारबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । जिल्ला कारागार तनहुँमा रहेका एक कैदीबन्दीले आजदेखि सुरु भएको परीक्षामा सहभागिता जनाएका हुन् ।

    कर्तव्य ज्यान मुद्धामा कारागारमा रहेका उनलाई कारागारभित्रै परीक्षाको व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले खबरपुञ्जलाई जानकारी दिए । पोखरास्थित पार्दी माध्यमिक विद्यालयमा भर्ना भएका उनलाई कारागारबाटै परीक्षाको व्यवस्था मिलाइएको हो ।

    छ महिना अगाडीदेखि कारागारमा रहेका उनी यसअगाडी बालसुधार गृहमा रहेको अधिकारीले जानकारी दिए । उनले भने, “यसभन्दा अगाडी पोखराकै बालसुधार गृहमा बसेका थिए, छ महिनादेखि कारागारमा छन् । पोखरामा भर्ना भएपनि कारागारमा रहेकाले कारागारभित्रै एउटा कोठामा राखेर उनलाई परीक्षाको व्यवस्था मिलाइएको छ ।”