पक्की पुल उदघाटनका लागि तनहुँ आउँदै राष्ट्रपति पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पक्की पुल उदघाटनका लागि तनहुँ आउँदै राष्ट्रपति पौडेल

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८०, शनिबार

    दमौली । राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा बनेको पक्की पुलको उद्घाटनका लागि त्यसतर्फ जाँदै छन् । राष्ट्रपति पौडेलले दिउँसो १२:३० बजे पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

    २१ करोड ६८ लाख ४८ हजारको लागतमा निर्माण भएको पुल तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल सञ्चालन भने भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटन गर्न बाँकी भए पनि पुल केही समययता सञ्चालनमा आएको बताए ।